ad ad

कारोबार


अर्थतन्त्र सकारात्मक छ भन्ने सन्देश दिन उद्योगी व्यवसायीलाई ढकालको आग्रह

अर्थतन्त्र सकारात्मक छ भन्ने सन्देश दिन उद्योगी व्यवसायीलाई ढकालको आग्रह

नेपालखबर
चैत १६, २०८० शुक्रबार १५:४७, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी व्यवसायीहरुले अर्थतन्त्रको सकारात्मक सन्देश दिनसके अर्थतन्त्र तत्काल लयमा आउने बताएका छन्।

शुक्रवार नेपाल निर्माण व्यवसायी महासंघको हेटौँडामा भएको २५ औं वार्षिक साधरण सभामा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन्। उद्योगी व्यवसायीहरुले मनोवबल कमजोर भयो,व्यवसायी वातावरण भएन भन्दा पनि सकारात्मक रुपमा सोच्न आवश्यक रहेको बताए।

उनले मुलुकभरका उद्योगी व्यवासायीहरुलाई मुलुकको अर्थतन्त्र सकारात्मक दिशामा रहेको सन्देश दिनसके छोटो समयमा व्यवसायीहरुले चाहेको जस्तो आर्थिक विकास हुनसक्ने विश्वास व्यक्त गरे।

उनले अब उद्योगी व्यवसायीहरुले निरासको मात्रै कुरा गरेर, व्यवसायिक वातावरण छैन भनेर निरास हुन आवश्यक नभएको बताए।

उनले भने,‘अब उद्योगी व्यवसायीहरुले निरासको मात्रै कुरा गरेर, व्यवसायीक वातावरण छैन भन्ने हिसावले नैराश्य वातावरण नबनाऔं। मुलुकको बाह्य अर्थतन्त्र विदेशी विनिमय सञ्चिती, रेमिट्यान्स,प्रर्यटक वृद्धि र बैंकमा तरलता सकारात्मक रहेको छ। त्यसले आगामी दिन अर्थतन्त्र राम्रो हुन्छ भन्ने सन्देश उद्योगी व्यवसायीहरुले दिनसक्यौं भने छोटो समयमा अर्थतन्त्र लयमा आउनसक्ने विश्वास जनाउन चाहन्छु।’

उनले थपे, ‘व्यवसायीहरुले नकारात्मक भन्दा पनि सकारात्मक सन्देश दिनसक्दा मात्रै व्यवसायीहरुले चाहेको आर्थिक विकास हुनसक्छ।’

उनले मुलुकको वाह्य अर्थतन्त्र विदेशी विनिमय सञ्चिति, रेमिट्यान्स, पर्यटक वृद्धि र बैंकमा तरलता सकारात्मक रहेको बताए।

अध्यक्ष ढकालले सरकारले आगामी बजेट र मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाले निर्माण क्षेत्रमा निश्चित प्रतिशत लगानी गर्नुपर्ने अनिवार्य व्यवस्था गर्न माग गरे।

ढकालले बैंक तथा वित्तीय संस्थाहरुले कृषि,जलविद्युत लगायत अन्य क्षेत्रमा जस्तै निर्माण क्षेत्रमा पनि प्राथमिकताका साथ लगानी गर्ने व्यवस्था गर्दा विकास निर्माण चलायमान हुनसक्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .