कारोबार


नेपालमा व्यवसाय बढाउँदै कोका-कोला, पछिल्ला वर्षमा ८ करोड डलर लगानी

नेपालमा व्यवसाय बढाउँदै कोका-कोला, पछिल्ला वर्षमा ८ करोड डलर लगानी

नेपालखबर
बैशाख १६, २०८१ आइतबार १८:१७, काठमाडौँ

कोका-कोला इन्डिया एन्ड साउथ वेस्ट एसिया उपाध्यक्ष देवयानी राज्यलक्ष्मी राणाले पछिल्ला केही वर्षमा कम्पनीले ८० मिलियन डलर लगानी गरेको बताइन् । 

लगानी सम्मेलनमा सम्बोधन गर्दै राणाले नेपालमा थप लगानी बढाउँदै लैजाने बताएकी छन्। 

कोका-कोला नेपालमा ५० वर्ष पूरा गरी ५१ वर्षमा प्रवेश गरेको छ। सन् १९७३ मा कम्पनी नेपाल आएको थियो। 

एउटा काठमाडौं र अर्को भरतपुरमा गरी नेपालमा कम्पनीका २ वटा बोटलिङ प्लान्ट छन्।  

राणाका अनुसार यसका २४० वितरक छन्। कम्पनीले नेपालमा करिब ६ हजार बढी प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी सिर्जना गरिएको उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .