कारोबार


स्रोत नखुलेको ५६ लाख रुपैयाँ नगदसहित दुई जना पक्राउ

स्रोत नखुलेको ५६ लाख रुपैयाँ नगदसहित दुई जना पक्राउ

नेपालखबर
असार ३२, २०८३ बिहिबार २१:२९, डोल्पा

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद ५५ लाख ९० हजार रूपैयाँ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका–७ छल बस्ने ३२ वर्षीय बिष्णु लाल रोकाय र ४२ वर्षीय भक्ती चन्द्र रोकाय रहेका छन्।

जिल्ला प्रहरी कार्यालय डोल्पा समेतबाट खटिएको प्रहरीले दुनैबाट छलतर्फ जाँदै गरेको भे१३ प ९२६५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad