कारोबार


दीपक भट्ट र शुलभ अग्रवालसँग ८ करोडभन्दा बढी धरौटी माग

दीपक भट्ट र शुलभ अग्रवालसँग ८ करोडभन्दा बढी धरौटी माग

नेपालखबर
साउन १, २०८३ शुक्रबार ८:४८, काठमाडौँ

सम्पत्ति शुद्धीकरणको कसुरमा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालसँग अरु दुई कसुरमा धरौटी माग गर्ने आदेश भएको छ। बिमा सम्बन्धी कसुर र धितोपत्र सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौँले दुवैजनासँग धरौटी माग गर्ने आदेश दिएको हो। 

बिहीबार न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले बिमा ऐन २०७९ अन्तरगतको कसुरमा सुलभ अग्रवालसँग २ करोड र दीपक भट्टसँग डेढ करोड धरौटी माग गरेको हो। 

धितोपत्र सम्बन्धी ऐन २०६३ अन्तरगतको छुट्टै कसुरमा सुलभ अग्रवालसँग २ करोड ३० लाख धरौटी माग गरिएको छ भने दिपक भट्टसमेत जोडिएको अर्को कसुरमा पनि धरौटी मागकै आदेश भएको छ। उक्त ८१ जना संलग्न रहेको अभियोगमा अग्रवालसँग १ करोड ५० लाख र भट्टसँग एक करोड धरौटी माग गर्ने आदेश भएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिए। 

उनीहरुलाई असार ३ गते सम्पत्ति शुद्धीकरणको कसुरमा विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, उमेश कोइराला र विदुर कोइरालाको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। 

अहिले दुवैजना कारागारमै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad