कारोबार


नेपाल टेलिकमको सिम हराएमा अनलाइनबाट सहजै कसरी लिने?

नेपाल टेलिकमको सिम हराएमा अनलाइनबाट सहजै कसरी लिने?

नेपालखबर
साउन १, २०८३ शुक्रबार १७:२२, काठमाडौँ

नेपाल टेलिकमको सिमकार्ड (फिजिकल वा ई–सिम) हराएमा वा बिग्रेमा अब अनलाइनमार्फत आवश्यक विवरण भरेर सहज तरिकाले नयाँ सिम लिन सकिने भएको छ। 

नेपाल टेलिकमले आज (२०८३ साउन १) देखि यो सेवाको शुभारम्भ गरेको छ। 

यसरी हराएको वा बिग्रेको सिमकार्डको सट्टामा नयाँ फिजिकल वा ई–सिम लिन चाहने सेवाग्राहीले भकष्m।लतअ।लभत।लउ लगइन गरी त्यहाँ रहेको एप्लाई फर लस्ट/ड्यामेज्ड सिममा क्लिक गरेपश्चात दिइएको निर्देशन अनुसार रजिष्टर गरी आवश्यक विवरण उपलब्ध गराउनुपर्नेछ। 

सम्पूर्ण विवरण भरिसके पश्चात ग्राहक स्वयं काउन्टरमा उपस्थित भएर वा आफ्नो प्रतिनिधिमार्फत उक्त सिमकार्ड लिन सकिन्छ। यसका लागि आवश्यक ५० रुपैयाँ काउन्टरमै तिर्ने र आफू उपस्थित हुन नसकेमा काउन्टरमा आउने प्रतिनिधिको नाम समेत फारममै उल्लेख गर्नुपर्नेछ। प्रतिनिधिले आफ्नो परिचय खुल्ने कागजात समेत उपलब्ध गराउनु पर्नेछ । ग्राहकको गोपनियता र आवश्यक सुरक्षाका लागि यी सबै व्यवस्था गरिएको हो। 

इसिम डट एनटीसी डट नेट डट एनपी लगइन गरेर हाल हराएको वा बिग्रेको सिमको सट्टा नयाँ सिम लिन सकिने सुविधा थप गरिएको हो । यस पोर्टल अन्तर्गत नयाँ प्रिपेड ई–सिम लिन, फिजिकल सिमलाई ई–सिम बनाउन, नयाँ फिजिकल सिम लिन र ग्राहक विवरण केवाईसी अद्यावधिक गर्नका लागि आवश्यक केवाईसी पोर्टल समेत उपलब्ध छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad