नेपाल लाइफले १३ अर्ब बढी प्रथम बीमा शुल्क (एफपीआई) आर्जन गर्दै नेपालको जीवन बीमा उद्योगमा पहिलो पटक अर्को कीर्तिमान कायम गरेको छ।
जीवन बीमा कम्पनीका रूपमा स्थापित कम्पनीले आफ्नो २५ वर्षमा सो रकम आर्जन गर्दै नेपालको जीवन बीमा इतिहासमा नयाँ अध्याय थप्न सफल भएको हो।
कम्पनीले गत आर्थिक वर्षमा १० अर्ब प्रथम बीमा शुल्क आर्जन गर्दै कायम गरेको ऐतिहासिक उपलब्धिलाई यस वर्ष अझ उचाइमा पुर्याउन सफल भएको जनाएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यसका लागि सबैलाई धन्यवाद दिए।
कम्पनीले आगामी दिनमा अझ थप प्रविधिमैत्री तथा ग्राहकमैत्री सेवा, नवीन बीमा योजनाहरू, प्रभावकारी लगानी व्यवस्थापन, कर्मचारी तथा अभिकर्ताहरूको क्षमता अभिवृद्धि तथा विश्वस्तरीय बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
Shares

प्रतिक्रिया