पाकिस्तानले अमेरिका र इरानलाई हिंसा बन्द गर्न र गत महिना भएको समझदारीपत्र (एमओयू) का आधारमा वार्ता पुनः सुरु गराउन प्रयास जारी राख्ने बताएको छ।
इस्लामाबादमा पत्रकारहरूसँग कुरा गर्दै पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता ताहिर आन्द्राबीले भने, ‘सम्झौता कार्यान्वयन गर्न धेरै चुनौती छन्, तर पाकिस्तानले सबै पक्षलाई हिंसा अन्त्य गर्न र प्राविधिक स्तरको वार्ता पुनः सुरु गर्न आग्रह गरिरहनेछ।’
बीबीसी फारसीका अनुसार ताहिर आन्द्राबीले पाकिस्तानले हर्मुज स्ट्रेटको अवस्था चाँडै सामान्यमा फर्कने आशा राखेको बताएका छन्।
उनले यस महत्त्वपूर्ण समुद्री मार्गमा सुरक्षा कायम राख्न र जहाजहरूको निर्बाध आवागमन सुनिश्चित गर्न आवश्यक रहेकामा पनि जोड दिए।
यस हप्ता अमेरिकाले इरानमा फेरि आक्रमण सुरु गरेपछि इरानले पनि खाडी क्षेत्रमा रहेका अमेरिकी अड्डामा जवाफी हमला गर्दा मध्यपूर्व तनाव बल्झिएको छ।
Shares

प्रतिक्रिया