बाढी पूर्वानुमान महाशाखाका अनुसार सिन्धुपाल्चोकका गोब्रे, धापलगायत आसपास क्षेत्रमा पछिल्लो ३ घण्टादेखि हल्का-मध्यम वर्षा भइरहेको छ।
बाढी महाशाखाले आज (बिहीबार) राति ८:३० बजे जारी गरेको सूचनामा भनिएको छ, ‘सिन्धुपाल्चोकका धाप, गोब्रे, मेलम्चीलगायत आसपास क्षेत्रमा पछिल्लो ३ घण्टादेखि मध्यमदेखि भारी वर्षा भइरहेको छ। थप वर्षाको सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा बाढी तथा भिरालो क्षेत्रमा पहिरोको जोखिम भएकाले सतर्कता अपनाऔँ।’

आज काठमाडौँसहित ३४ जिल्ला र त्यस आसपासका खोला तथा नदीमा बाढी आउने र जोखिम निम्तिने सम्भावना देखिएको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
महाशाखाका अनुसार आज सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, नुवाकोट, रसुवा, गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, चितवन, नवलपरासीपूर्व, नवलपरासीपश्चिम, रूपन्देही, पाल्पा, बाँके, बर्दिया र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।
यसैगरी आज ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, भोजपुर, खोटाङ, उदयपुर, ओखलढुंगा, सिन्धुली, दोलखा, रामेछाप र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।
बाढीबारे विस्तृत जानकारी तल



Shares

प्रतिक्रिया