जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार काठमाडौँसहित देशका विभिन्न जिल्लामा भारीदेखि धेरै भारीसम्म वर्षा भएको छ।
पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोकको गोब्रेमा १३६ मिलीमिटर वर्षा भएको छ। यो धेरै भारी वर्षा हो।
काठमाडौँमै अपराह्न ५१ मिलीमिटर वर्षा हुँदा माइतीघरलगायतका क्षेत्र जलमग्न भएको थियो।
यस्तै बिहीबार नवलपरासीपूर्वमा ९४ मिलीमिटर, कास्कीमा ७६, रुकुमपूर्वमा ५६, लमजुङमा ७६ र चिवतनमा ५६ मिलीमिटर वर्षा भएको छ। अन्य धेरै जिल्लामा मध्यमदेखि भारीसम्म वर्षा भएको विभागका सूचना अधिकारी दिनकर कार्यस्थले जानकारी दिए।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केहीमाथि नेपालको तराई भूभाग आसपास र पूर्वमा सरदर स्थान आसपास रहेको छ।
27
Shares

प्रतिक्रिया