अमेरिकाका रक्षामन्त्री पिट हेग्सेथले अब ३० वर्ष र यसभन्दा माथि उमेरका अमेरिकी सैनिकको वार्षिक स्वास्थ्य जाँचका क्रममा टेस्टोस्टेरोन पनि परीक्षण गरिने घोषणा गरेका छन्।
हेग्सेथले सामाजिक सञ्जाल प्लाटफर्म एक्समा भिडिओ सन्देश जारी गरी नयाँ कार्यक्रम घोषणा गरेका हुन्।
भिडिओमा उनले भनेका छन्, ‘यस परीक्षणको उद्देश्य सैनिकहरूको टेस्टोस्टेरोनको स्तर सामान्य छ भने सुनिश्चित गर्नु हो ताकि उनीहरूले आफ्नो पूर्ण क्षमतामा प्रदर्शन गर्न सकून्।’
परीक्षणका क्रममा कम टेस्टोस्टेरोन पाइएमा त्यस्ता सैनिकरूलाई उनीहरूको इच्छामा हार्मोन प्रतिस्थापन थेरापी सुविधा प्रदान गरिने पनि बताएका छन्। ३० वर्षमुनिका सैनिकका लागि भने यस्तो परीक्षण वैकल्पिक हुने उनले उल्लेख गरेका छन्।
रक्षामन्त्री हेग्सेथले अगाडि भनेका छन्, ‘हामी हाम्रा योद्धालाई विश्वकै सबैभन्दा राम्रो चिकित्सा सेवा प्रदान गर्न जिम्मेवार छौँ र यो कार्यक्रमले त्यो जिम्मेवारी पूरा गर्नेछ।’
सैनिकहरूलाई बलियो, लचिलो र सक्षम राख्न उनीहरूको स्वास्थ्यको ख्याल राख्नु महत्त्वपूर्ण भएको उनले बताएका छन्।
यद्यपि हेगसेथले यो परीक्षण महिला सैनिकमा पनि लागु हुन्छ कि हुँदैन भन्ने कुरा स्पष्ट पारेका छैनन्।
महिलामा पनि उमेर बढ्दै जाँदा टेस्टोस्टेरोनको स्तर घट्न सक्छ।
Shares

प्रतिक्रिया