आयंका फिल्म्सको प्रस्तुतीमा तयार भएको फिल्म ‘मास्टर्नी’ को प्रमोसनल गीत युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको छ।
रिलिज भएको २४ घण्टामा नै यो चलचित्र अडियो र भिडिओ दुवैमा ट्रेन्डिङको शीर्ष स्थान कब्जा गर्न सफल भएको हो। दुर्गेश थापाको शब्द, संगीत र स्वर रहेको गीतलाई दर्शकले ६ लाखभन्दा बढी पटक हेरिसकेका छन् भने रिल्स र टिकटकमा पनि यो गीत छाएको छ। यद्यपि, गीतका दुइअर्थी शब्द र नृत्यका केही स्टेपलाई लिएर आलोचना भइरहेको छ।
गीतमा दुर्गेशलाई स्वरमा गायिका वविना किराँतीले साथ दिएकी छन्। प्रदीप लामाको कोरियोग्राफी रहेको गीतमा दुर्गेशसहित प्रियंका कार्की, आर्यन सिग्देल, दुर्गेश थापा र आयुष्मान जोशी फिचर्ड छन्। पवन सुस्लिङको छायांकन र सम्पादन गीतमा रहेको छ।
प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीले संयुक्त रुपमा निर्माण गरेका फिल्म भदौ ५ गतेबाट रिलिज हुनेछ। सुवेन्दु घोषको निर्देशनमा तयार भएको चलचित्रमा प्रियंका कार्कीको कथा र शान बस्नेतको स्क्रिप्ट रहेको छ। शान र प्रियंकाले नै संयुक्त रुपमा यो चलचित्रको संवाद तयार पारेका छन्।
फिल्ममा प्रियंकासहित सरोज खनाल, गौरी मल्ल, विशाल पहाडी, प्रमोद अग्रहरी, आर्यन सिग्देल, अनुपविक्रम शाही, रक्षा थापा, सिम्रन खड्का, दिनेश काफ्लेलगायतका कलाकारको अभिनय रहेको छ।
Shares

प्रतिक्रिया