ग्लोबल


ओमानको तटमा जहाजमा आक्रमण हुँदा बेपत्ता भारतीयको मृत्यु भएको पुष्टि

ओमानको तटमा जहाजमा आक्रमण हुँदा बेपत्ता भारतीयको मृत्यु भएको पुष्टि

नेपालखबर
असार ३२, २०८३ बिहिबार ६:१७, काठमाडौँ

दुबईस्थित भारतीय वाणिज्य दूतावासले ओमानको तटनजिक व्यावसायिक जहाज ‘जीएफएस ग्यालेक्सी’मा भएको आक्रमणपछि बेपत्ता भएका एक भारतीय नागरिकको मृत्यु भएको पुष्टि गरेको छ।

दूतावासका अनुसार साइप्रस झन्डावाला जीएफएस ग्यालेक्सीमा इन्जिनियरका रूपमा कार्यरत भारतीय नागरिक ३० वर्षीय हरामब कर्माकरको निधन बुधबार पुष्टि भएको हो।

भारतीय वाणिज्य दूतावासले भनेको छ, ‘वाणिज्य दूतावास पीडितको परिवारसँग सम्पर्कमा छ र सबै सम्भावित सहयोग प्रदान गर्न सम्बन्धित यूएईका अधिकारी र सिपिङ कम्पनीसँग समन्वय गरिरहेका छौँ।’

आइतबार ओमानको तटमा जहाजमा आक्रमण भएको थियो, त्यसपछि ती भारतीय नागरिक बेपत्ता भएका थिए।

साइप्रस अधिकारीहरूका अनुसार जहाजमा ११ भारतीय नागरिकसहित कुल २४ जना चालक दलका सदस्य थिए। अधिकारीहरूले जहाजलाई अज्ञात प्रक्षेपणले प्रहार गरेको बताएका छन्।

यसैबिच इरानले चेतावनी दिँदादिँदै पनि जहाजले आफ्नो मार्ग परिवर्तन नगरेपछि जहाजमा हमला गरिएको बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad