कारोबार


दिनहुँ नयाँ रेकर्ड कायम गर्दै सुन, आज अहिलेसम्मकै उच्च मूल्यमा कारोबार

दिनहुँ नयाँ रेकर्ड कायम गर्दै सुन, आज अहिलेसम्मकै उच्च मूल्यमा कारोबार

नेपालखबर
चैत २२, २०८० बिहिबार ११:१९, काठमाडौँ

सुनको मूल्यले दिनहुँ नयाँ रेकर्ड कायम गर्न थालेको छ। नेपाली बजारमा सुनको मूल्यले आज नयाँ कीर्तिमान कायम गरेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु एक हजारले वृद्धि भएको छ। यो  हालसम्मकै उच्च मूल्य हो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ३३ हजारमा कारोबार भएको छापावाला सुनकाे मूल्य आज रु एक हजारले बढेर एक लाख ३४ हजार कायम भएकाे छ।

बुधबार तेजाबी सुन प्रतितोला रु एक लाख ३२ हजार तीन सय ५० मा कारोबार भएकोमा आज एक लाख ३३ तीन सय ५० रुपैयाँ निर्धारण भएको छ। 

आज चाँदीको मूल्य पनि तोलामा रु ४० ले वृद्धि भएको महासंघले जनाएको छ। बुधबार प्रतितोला रु एक हजार छ सय १० मा कारोबार भएको चाँदी आज रु एक हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। 

अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्यले उचाइ लिइरहेकाले त्यसको असर नेपालमा पनि परेको महासंघले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .