कारोबार


सगरमाथासहित १५ हिमाल चढ्न २६४ आरोहीले लिए अनुमति

सगरमाथासहित १५ हिमाल चढ्न २६४ आरोहीले लिए अनुमति

फाइल तस्बिर


नेपालखबर
चैत २५, २०८० आइतबार ११:१७, काठमाडौँ

वसन्त ऋतुमा सगरमाथासहितका हिमाल आरोहणका लागि २६४ आरोहीले अनुमति लिएका छन्।

यस आरोहण सिजनका लागि गएको शुक्रबारसम्म २६४ जना आरोहीले अनुमति लिएका पर्यटन विभागले जनाएको छ। 

अनुमति लिनेमा पुरुष आरोहीको संख्या २०४ र महिलाको संख्या ६० छ। अहिलेसम्म अनुमति लिएका १५ हिमालमध्ये सबैभन्दा धेरै सगरमाथाको अनुमति लिनेछन्। 

सगरमाथा आरोहणको लागि शुक्रबारसम्म ११ समूहका १३० जनाले अनुमति लिएका तथ्यांक विभागले सार्वजनिक गरेको छ। जसमध्ये २६ जना महिला छन्। तयसैगरी अमादब्लम अरोहणको लागि ४ समूहका ३८ जनाले अनुमति लिएका छन्। जसमा ६ जना महिला छन्।

त्यसैगरी अन्नपूर्ण प्रथमका लागि २५, द्यौलागिरीका लागि १५, मकालु प्रथमका लागि १०, जुगल प्रथम र द्वीतियका लागि ८-८, पुथा र कञ्चनजङ्घाका लागि ७-७ जनाले अनुमति लिएका छन्। त्यस्तै हिमलुङका लागि ५ र तेङगोपाका लागि ४ जनाले अनुमति लिएका विभागले जनाएको छ। 

शुक्रबारसम्म २६४ जनालाई हिमाल आरोहणको अनुमति दिँदा १९ करोड ९२ लाख रुपैयाँ बराबर रोयल्टी संकलन भएको विभागले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .