ad ad

कारोबार


हिमाल आरोहण: वसन्त ऋतुका लागि अहिलेसम्म ६१२ ले लिए अनुमति

हिमाल आरोहण: वसन्त ऋतुका लागि अहिलेसम्म ६१२ ले लिए अनुमति

फाइल तस्बिर


नेपालखबर
बैशाख ५, २०८१ बुधबार ९:४९, काठमाडौँ

वसन्त ऋतुमा हिमाल आरोहण गर्न अहिलेसम्म ६ सय १२ जनाले अनुमति लिएका छन्।  

यस आरोहण सिजनका लागि सगरमाथासहितका हिमाल आरोहणको लागि ६८ समूहका ६१२ जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ। अनुमति लिनेमा ४७८ जना पुरुष र १३४ महिला छन्। 

विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार सबैभन्दा बढी सगरमाथा आरोहण गर्न ४६ देशका २७४ आरोहीले अनुमति लिएका छन्। जसमा २२१ पुरुष र ५३ जना महिला छन्।

अघिल्लो वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४७८ जनाले अनुमति लिएका थिए। 

सगरमाथा आरोहणका लागि यस पटक सबैभन्दा बढी अमेरिकाबाट ५९, चीनबाट ३८, जापानबाट १९, भारतबाट १७, रसियाबाट १६ र बेलायतबाट १५ जनाले अनुमति लिएका विभागले जनाएको छ।

सगरमाथापछि सबैभन्दा बढी अमादब्लम आरोहणका लागि सात समूहका ६३ पुरुष र १७ महिला गरी ८० जनाले अनुमति लिएका छन् भने मकालु पहिलोका लागि ४५, लोत्सेका लागि ४०, अन्नपूर्ण पहिलोका लागि २५ जनाले आरोहण अनुमति लिएका छन्। 

सरकारले सगरमाथा आरोहण शुल्कबापत मात्रै ३९ करोड १२ लाख ८५ हजार ८८७ रुपैयाँ राजस्व संकलन गरेको छ। यो सिजनको लागि अहिलेसम्म दिइएको हिमाल आरोहण अनुमतिबापत ४३ करोड ७८ लाख ७५ हजार ५९ रुपैयाँ राजस्व संकलन भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .