भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको नेपालगञ्ज एकीकृत जाँच चौकी नेपाललाई हस्तान्तरण गरिएको छ।
२०७७ असोज २६ मा निर्माण थालिएको चौकीको २०८० जेठ १८ मै प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीले उद्घाटन गरिसकेका छन्।
निमार्ण कार्य सम्पन्न भएको एकीकृत जाँच चौकीे भारत सरकारबाट सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको संघीय आयोजना कार्यान्वयन इकाइ, बाँकेलाई गत ९ गते हस्तान्तरण भएको हो।
सोही दिन सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको संघीय आयोजना कार्यान्वयन इकाइ, बाँकेबाट नेपाल इन्टरमोडल यातायात विकास समिति लाई हस्तान्तरण भएको छ।
हस्तान्तरणपश्चात एकिकृत जाँच चौकी व्यवस्थापन तथा सञ्चालन आगामी २५ देखि सुरु गर्ने गरी टीआरएस एटलस लोजिपार्क प्रालिलाई एकीकृत जाँच चौकी पूर्वाधार हस्तान्तरण गरिएको छ ।
Shares
प्रतिक्रिया