राजनीति


राष्ट्रपतिसँगको शिष्टाचार भेटपछि कतारी राजा होटल सोल्टीमा

राष्ट्रपतिसँगको शिष्टाचार भेटपछि कतारी राजा होटल सोल्टीमा

नेपालखबर
बैशाख ११, २०८१ मंगलबार १९:६, काठमाडौँ

दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आएका कतारी शेख तमिम बिन हमाद अल थानीसँग शीतलनिवासमा भएको औपचारिक भेटवार्तापछि होटल सोल्टीतिर लागेका छन्।

उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरणपछि सोझै शीतलनिवास गएका थिए। 

शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग शष्टाचार भेट भएको थियो। भेटमा पौडेलले इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारी राजासँग आग्रह गरेका छन्। 

यस्तै उनले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्नेजस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि प्रस्ताव गरेका छन्।

राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा मङ्गलबार अपरान्ह यहाँ आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानी सोल्टीमै रात काट्ने छन्।

बुधबार नेपाल र कतारबीच द्विपक्षीय औपचारिक वार्ता हुनेछ। त्यही क्रममा विभिन्न सम्झौता तथा समझदारीमा हस्ताक्षर हुनेछ।

शिक्षायुवा तथा खेलकुदश्रमरोजगार तथा सामाजिक सुरक्षाउर्जा मन्त्रालय अन्तर्गत सम्झौता गर्ने गरी योजना तयार पारिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपालका तर्फबाट वार्ता टोलीको नेतृत्व प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले गर्ने मन्त्रिपरिषद्को निर्णय छ।

बुधबार प्रधानमन्त्री प्रचण्डले नै कतारी राजाको सम्मानमा दिवाभोज दिनेछन्।

सरकारले भ्रमणलाई उच्च महत्त्व दिँदै मंगलबार सार्वजनिक बिदा दिएको छ।

नेपालले गर्न लागेको लगानी सम्मेलनअघि कतारी राजाको भ्रमणलाई उच्च महत्त्वका साथ लिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .