कारोबार


राष्ट्रिय वाणिज्य बैंकको सीईओ बन्न २० जनाले दिए आवेदन (सूची)

राष्ट्रिय वाणिज्य बैंकको सीईओ बन्न २० जनाले दिए आवेदन (सूची)

नेपालखबर
बैशाख २७, २०८१ बिहिबार १८:२, काठमाडौँ

राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्न २० जनाले आवेदन बुझाएका छन्। 

आवेदन बुझाउनेमा रामदेव यादव, अगम मुखिया, दुर्गा कुमारी कँडेल (छतकुली), नरेशराज अर्याल, पवन रेग्मी, विष्णुदेव यादव, विष्णुबाबु मिश्र, प्रकाशचन्द्र अधिकारी, डा. रामराज उपाध्याय, देवेन्द्र रमण खनाल छन्। 

त्यसैगरी दीर्घबहादुर अर्याल, झविन्द्र खत्री, गणेश प्रसाद गौतम, कृष्णबहादुर अधिकारी, सुरेश देवकोटा, शंकर केसी, प्रमोदबाबु तिवारी, कृष्णप्रसाद आचार्य, शंकर कुमार रायमाझी र माधव प्रसाद रेग्मीले सीईओ बन्ने इच्छा देखाएका छन्। 

यही वैशाख पहिलो हप्ता सीईओको लागि २१ दिनभित्र आवेदन माग गरिएको थियो। 

किरण कुमार श्रेष्ठको कार्यकाल सकिएपछि उक्त पद रिक्त छ। श्रेष्ठ ८ वर्ष सीईओ भएर विदा भएका थिए। उनी अवकाशमा गएपछि बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाललाई कायममुकायम सीईओको जिम्मेवारी दिइएको थियो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .