१० महिनामा सिमेन्ट र क्लिङ्करको निर्यात ह्वात्तै बढेको छ।
सिमेन्ट निर्यातमा सरकारले अनुदान दिने घोषणासँगै निर्यात बढ्न थालेको हो।
चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्म ३ अर्ब ३३ करोडको सिमेन्ट र क्लिङ्कर निर्यात भएको छ।
वैशाखमा मात्रै ३५ करोडको तयारी अवस्थाको सिमेन्ट तथा सिमेन्ट बनाउन प्रयोग हुने क्लिङ्कर निर्यात भएको भन्सार विभागले जनाएको छ।
नेपालबाट हाल आधा दर्जन बढी सिमेन्ट उद्योगले निर्यात थालेका छन्। गत वर्ष वैशाखसम्म ५५ करोडको सिमेन्ट तथा क्लिङ्कर निर्यात भएको थियो।
भारतका सीमावर्ती क्षेत्रमा नेपालको तयारी अवस्थाको सिमेन्ट निर्यात हुन्छ। नेपालको चुनढुंगाको गुणस्तर राम्रो भएकाले भारतीय उद्योगले सिमेन्ट बनाउन प्रयोग हुने क्लिङ्कर लैजाने गरेका छन्।
वैशाखसम्म १ अर्ब ४७ करोडको क्लिङ्कर निर्यात भएको छ भने १ करोड ४९ लाख रुपैयाँको तयारी अवस्थाको सिमेन्ट निर्यात भएको छ।
नेपालको बजारमा सिमेन्टको खपत घटेकाले निर्यात बढ्दा व्यवसायीले केही राहात भएकाे बताउने गरेका छन्।
Shares
प्रतिक्रिया