ad ad

कारोबार


भौतिकमन्त्री महासेठसँग २ करोड २५ लाख नगद, ४३ तोला सुन, अरु सम्पत्ति कति?

भौतिकमन्त्री महासेठसँग २ करोड २५ लाख नगद, ४३ तोला सुन, अरु सम्पत्ति कति?

नेपालखबर
जेठ ८, २०८१ मंगलबार १६:३, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मन्त्रिपरिषदमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहेका रघुवीर महासेठसँग २ करोड २५ लाख रुपैयाँ नगद र ४३ तोला सुन छ। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुझाएको सम्पत्ति विवरणअनुसार त्यसबाहेक १.५० किलो सुन, जवाहरात (स्टोन भएको) ७ थान औँठी, ३ थान सिक्री (हारजस्तो देखिने), ३ जोडा कानमा लगाउने र २  जोडा चुरा (बाला) रहेको पाइएको छ। 

यसबाहेक घरजग्गा श्रीमतीको नाममा रहेको छ। श्रीमती जुली कुमारी महतोको नाममा धनुषामा र ललितपुरमा क्रमशः ४२ सय वर्गमिटर (०–३–०–०) कठ्ठा र २–१३–२–१ रोपनी जग्गामा घर रहेको छ। धनुषाको घर २०५५ सालमा साढे २ तलामा बनेको घर खरिद गरेको र ललितपुरमा २०५६ सालमा जग्गा किनेर साढे २ तलाको बनाएको उल्लेख छ। 

यता श्रीमती जुलीकै नाममा ४ ठाउँमा र आफ्नो नाममा जग्गा रहेको देखिएको छ। धनुषा, सिन्धुली, ललितपुर, धनुषामा श्रीमतीको नाममा र धनुषामै आफ्नो नाममा जग्गा छ। श्रीमतीको नाममा रहेका जग्गाको क्षेत्रफल क्रमशः ७–३–०–० बिघा, ०–४–०–० कठ्ठा, १–७–०–० रोपनी, ०–३–११–३ कठ्ठा र आफ्नो नाममा रहेको १–१५–०–० बिघा जग्गा छ। यीमध्ये श्रीमतीको नामका जग्गा खरिद गरिएको र आफ्नो नामको जग्गा खरिद र पैतृक रहेको उल्लेख छ। 

श्रीमतीको नाममा सातवटा बैंक खाता र आफ्नो नाममा पनि सातवटै बैंक खाता रहेको विवरणले देखाएको छ। तिनमा पैसाबारे उल्लेख छैन। 

सेयर लगानीतर्फ श्रीमती जुलीको गुडविल फाइनान्स र लक्ष्मी बैंकलगायतमा ५ लाख बराबरको सेयर, महिला लघुवित्त संस्थामा १ करोडको सेयर र कर्पोरेट बैंक वीरगन्जमा २ करोड ५० लाखको सम्पत्ति रहेको उल्लेख छ। 

अन्य सम्पत्तिमा सगोल परिवारको नाममा तीन ठाउँमा ३३–०–०–०, ३९–१४–०–० र १० कठ्ठा जग्गा रहेको उल्लेख छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .