ad ad

कारोबार


सातै प्रदेशमा श्रमाधान रोजगार मेला आयोजना हुने

सातै प्रदेशमा श्रमाधान रोजगार मेला आयोजना हुने

नेपालखबर
जेठ ८, २०८१ मंगलबार २०:८, काठमाडौँ

सरकारले सात प्रदेशमा जेठ १७ गतेदेखि ३० गतेसम्म श्रमाधान रोजगार मेला आयोजना गर्ने भएको छ।

मंगलवार सिंहदरबारस्थित श्रम मन्त्रालयले पत्रकार सम्मेलन गर्दै ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्ने जानकारी दिएको हो।

सरकारले सात प्रदेशमा रोजगारदाता र श्रमिकहरूलाई एक ठाउँमा ल्याएर रोजगारसँग जोड्ने उद्देश्यले मेला आयोजना गर्न लागेको बताएको छ।

सरकारले जेठ १७ र १८ कोशी प्रदेश,१९–२० मधेस प्रदेश,२१–२२ गण्डकी प्रदेशको पोखरा,२३–२४ लुम्बीनी,२५–२६ कर्णाली प्रदेशको सुर्खेत,२७–२८ सुदुरपश्चिम प्रदेशको धनगडी र २९–३० बागमती प्रदेशको ललितपुरमा श्रमाधान मेला आयोजना गर्न लागेको हो।

पत्रकार सम्मेलनमा बोल्दै श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रमाधान कल सेन्टरको ११४१ नम्बरमा फोन गरेर मेलाको विषयमा जानकारी दिन सकिने बताए।

उनले मंगलवारदेखि नै दर्ता खुला भएकाले रोजगारदाता कम्पनीहरु र रोजगारीको खाजीमा रहेका नेपालीहरुले जाडिन सकिने बताए।

उनले सरकारको रोजगार बैंकमा रोजगारदाताले खोजेको श्रमिक र रोजगार पाउने अवस्था रहेको बताए। मन्त्री अर्यालले ‘श्रमाधान रोजगार मेला’ गर्ने कार्यक्रम सरकारको नीति तथा कार्यक्रममा समेत समावेश भएको बताए।

‘श्रमाधान रोजगार मेला’मा सातै प्रदेशका प्रदेश सरकार र स्थानीय सरकारको सहयोगको अपेक्षा रहेको उनको भनाई छ। उनले ‘श्रमाधान रोजगार मेला’सरकारको सानो प्रयास मात्रै भएको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .