ad ad

कारोबार


त्रिभुवन विमानस्थलमा सबै उडान र अवतरण सुचारु

त्रिभुवन विमानस्थलमा सबै उडान र अवतरण सुचारु

तस्बिर : फ्लाइटराडार२४


नेपालखबर
जेठ ११, २०८१ शुक्रबार १३:८, काठमाडौँ

एक घण्टाका लागि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएको छ। 

विमानस्थल कार्यालयका प्रवक्ता सुवास झाले हाललाई विमानस्थलको सेवा सुचारु भएको जानकारी दिए। 

धावनमार्गमा खाल्डो देखिएको भन्दै यसअघि १ घण्टाका लागि विमानस्थल बन्द गरिए पनि अहिलेलाई समस्याको समाधान भएको उनले बताए। 

उनका अनुसार थाई एयरवेजको जहाज, मलेसिया एयरलाइन्सको जहाज अवतरण गरिसकेको छ भने सिचुवान एयरलाइन्स र एयर चाइनाको जहाजले उडान भरेका छन्। 

‘ठूलो धावनमार्गमा कुनै पनि बेला समस्या आउनसक्छ। अहिले गर्मीको समय छ, पिच तातेको छ’, उनले भने, ‘अहिलेलाई भने समस्या समाधान भएको छ, उडान र अवतरण यथावत् भएका छन्।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .