ad ad

कारोबार


सरकारले मर्जर र एक्विजिसनसम्बन्धी कर छुटको व्यवस्था हटाएकोमा अध्यक्ष ढकालको असन्तुष्टि

सरकारले मर्जर र एक्विजिसनसम्बन्धी कर छुटको व्यवस्था हटाएकोमा अध्यक्ष ढकालको असन्तुष्टि

नेपालखबर
जेठ १७, २०८१ बिहिबार १०:५, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले  मर्जर र एक्विजिसनसम्बन्धी कर छुटको व्यवस्था सरकारले हटाएकोमा असन्तुष्टि  जनाएका छन्। 

बजेटमाथि छलफल गर्दै ढकालले बैंकका लगानी कर्तालाई प्रोत्साहन गर्नुपर्नेमा अहिलेको व्यवस्था हटाउँदा नकारात्मक असर गर्नसक्ने बताए।

उनले बजेटमै आर्थिक चरणको सुरूवात गर्ने प्रतिबद्धता भने राम्रो रहेको तर्क गरे। ‘पर्यटन, स्टार्टअप, सुचना प्रविधी क्षेत्रलाई प्राथमिकता दिएकाले अक्षरंस कार्यन्वयन गर्नु पर्छ,’ उनले भने।  

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बजेटले  विदेशबाट ऋणा ल्याउन प्रोत्साहन गरेको बताए।

६ प्रतिशतको आर्थिक वृद्धि गर्न ऋण लगानी ११-१२ प्रतिशत बढ्नु पर्ने उनको भनाई छ। अहिले साढे ४ प्रतिशत ऋण प्रवाह भएको छ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले भूतप्रभावी दायित्व हुनेगरी कर उठाइने गरेको छ। भन्सारमा कारोबार मूल्यलाई मान्यता दिनुपर्ने माग सम्बोधन नभएको उनको भनाई छ। 

उनले बजेटमा पूर्वधार निर्माण निजी क्षेत्रलाई सहभागी गराउने विषय सकारात्मक भएको बताए। 

त्यसैगरी नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले बजेट सन्तुलित रहेको बताए। निजी क्षेत्रसँग सम्बन्धित कानुन संसोधन सकारात्मक रहेको उनको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .