कारोबार


जहाज अवतरण गर्न नसकेपछि भैरहवाबाट फर्कियो योजना आयोगको टोली

जहाज अवतरण गर्न नसकेपछि भैरहवाबाट फर्कियो योजना आयोगको टोली

फाइल तस्बिर


नेपालखबर
असार १२, २०८१ बुधबार १४:३६, काठमाडौँ

अनुगमन गर्न हिँडेको योजना आयोगको टोली बुधबार जहाज अवतरण गर्न नसकेपछि काठमाडौं फर्किएको छ।

आयोगका वरिष्ठ सदस्य डा. रामकुमार फुयाल नेतृत्वको टोली बुद्ध एयरको बिहान ८:२६ को जहाजमार्फत भैरहवा विमानस्थल पुगेको थियो। 

आयोगले विशेष आर्थिक क्षेत्र (सेज), बुटवल धागो कारखाना, धौवादी फलाम उद्योग लगायतको अनुगमन गरी शुक्रबार फर्कने योजना थियो।

जहाज अवतरण हुन नसकेपछि जहाजभित्र रुवाबासी समेत चलेको थियो। आयोगको टोलीसँगै जहाजभित्र पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल समेत थिए।

जहाज फर्किएपछि आयोग सदस्य डा. फुयाल सिंहदरबारस्थित कार्यालयमा हाजिर भएका छन्।

बुद्ध एयरका अनुसार काठमाडौं–भैरहवाको उडान उडान ८५१  बिहान ८:२६ मा उडेको जहाज मौसम प्रतिकूलताका कारण अवतरण गर्न  नसकेको हो। 

अवतरण गर्न नसकेपछि जहाजलाई पुनः काठमाडौं फर्काइएको र पुनः १२:२९ मा काठमाडौंबाट भैरहवा उडान भरी १३:०३ मा अवतरण गरेको कम्पनीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad