कारोबार


यती एअरलाइन्सले आईएटीएबाट पायो अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड

यती एअरलाइन्सले आईएटीएबाट पायो अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड

नेपालखबर
साउन ३०, २०८१ बुधबार १४:३२, काठमाडौँ

यती एअरलाइन्सले अन्तर्राष्ट्रिय हवाइ यातायात संघ (आईएटीए) को आईएटीए स्ट्यान्डर्ड सेफ्टी एसेसमेन्ट (आईएसएसए) कार्यक्रमको मापदण्ड हासिल गरेको छ।

उड्डयनको क्षेत्रमा आईएसएसएको यो प्रमाण–पत्र उत्कृष्ट हवाइ सुरक्षा कायम गर्ने एअरलाइन्सलाई मात्र प्रदान गरिने कम्पनीले जनाएको छ।

यती एअरलाइन्सका सीईओ सुभाष सापकोटाले आईएसएसएको प्रमाण–पत्र प्राप्त गर्न पाउँदा हामी धेरै नै गौरवान्वित भएको बताए।

उनले हवाइ सुरक्षा र परिचालन प्रक्रियाहरुको गुणस्तर बढाउने हाम्रो प्रयासमा यो एउटा महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गरे।

‘यसले हाम्रो सम्पूर्ण टोलीको कडा परिश्रम र समर्पणलाई प्रतिबिम्बित गरेको छ, साथै यात्रुहरूलाई सुरक्षित र भरपर्दो हवाइ यात्रा अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई थप पुष्टि गरेको छ’, उनले भने।   

आईएसएसए कार्यक्रमले प्रमाण–पत्र प्रदान गर्नुपूर्व एअरलाइन्स अपरेटरको सुरक्षा व्यवस्थापन प्रणालीको सूक्ष्म ढंगले मूल्याङ्कन गर्ने उनको भनाइ छ। 

‘विभिन्न चरणमा मूल्याङ्कन गरी विश्वव्यापी मापदण्डका प्रत्येक आवश्यकता कार्यान्वयन गरेकोले यती एअरलाइन्सलाई आईएसएसए अपरेटरको मान्यता दिइएको हो’, सीईओ सापकोटाले भने। 

यात्रुहरूलाई सुरक्षित, भरपर्दो र गुणस्तरीय हवाइ सेवा प्रदान गर्ने यती एअरलाइन्सको नयाँ मिसन रहेको कम्पनीले जनाएको छ।

व्यापार विस्तारका क्रममा हवाइ सुरक्षालाई उच्च प्राथमिकतामा राखी यात्रुहरुको सन्तुष्टि कायम गर्न प्रतिबद्ध रहेको यती एअरलाइन्सले जनाएको छ।

त्यसैले, पछिल्लो समय एअरलाइन्सले विश्वव्यापी उड्डयन सुरक्षा मापदण्डहरू पूरा गरी अत्याधुनिक प्रविधि, प्रशिक्षण कार्यक्रमहरू र सुरक्षा व्यवस्थापन प्रणालीहरूमा व्यापक लगानी गरेको छ।

आईएटीएले प्रदान गरेको आईएसएसएको प्रमाण–पत्र यती एअरलाइन्सको अन्तर्राष्ट्रियस्तरको सुरक्षा मापदण्ड, प्रभावकारी व्यवस्थापन प्रणाली र कार्य सम्पादनमा निरन्तर सुधार भएको प्रमाण भएको कम्पनीको दाबी छ। 

यती एअरलाइन्स सन् २०१६ देखि नै आईएसएसए अपरेटरको रुपमा दर्ता हुँदै आइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad