कारोबार


घनश्याम विश्वकर्मा बने यस वर्षको ‘ग्लोकल टिन हिरो’

घनश्याम विश्वकर्मा बने यस वर्षको ‘ग्लोकल टिन हिरो’

नेपालखबर
भदौ १७, २०८१ सोमबार १७:९, काठमाडौँ

ग्लोकल प्रालिले आयोजना गरेको ‘ग्लोकल टिन हिरो २०२४’ रुकुमका १९ वर्षीय कार्यकर्ता घनश्याम विश्वकर्माले जितेका छन्।

ग्लोकल टिन हिरोले विगत दशकदेखि विभिन्न क्षेत्रमा विशिष्टता हासिल गर्ने किशोरकिशोरीहरुलाई सम्मानित गर्दै आएको छ। ग्लोकल टिन हिरो नेपालले किशोरकिशोरीहरूको सृजनात्मकता, उत्साह र योगदानलाई गहिरो रूपमा कदर गर्दै उनीहरूलाई ग्लोबल र लोकल डोमेनमा सकारात्मक परिवर्तन ल्याउन उत्प्रेरित गर्ने लक्ष्य राखेको छ। शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका व्यक्तित्वहरुको उपस्थितीमा आज अवार्ड कार्यक्रमको बीच ग्लोकल टीन हिरो नेपाल, २०२४ को घोषणा द सोल्टी काठमाडौमा गरिएको हो। 

गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी आशिष पन्थी, प्राविधिक शिक्षक, कपिलवस्तु; निश्चल भट्टराई, शैक्षिक कार्यकर्ता, स्याङ्जा; पूर्णिमा तिम्सिना, बाल अधिकार कार्यकर्ता, झापा; सजनी शर्मा, सामाजिक कार्यकर्ता, कास्की र श्रीजय सुवेदी, प्राविधिक उत्साही, पर्सा बीच ग्लोकल टीन हिरो चयन गरिएको थियो।  

घनश्याम विश्वकर्मा एक सामाजिक कार्यकर्ता हुन्, जो रुकुमबाट बालबालिका र किशोरकिशोरीहरूको अधिकार र भलाइका लागि आठ वर्षभन्दा बढी समयदेखि अभियान चलाउँदै आएका छन्। बालअधिकार, मानसिक स्वास्थ्य, जलवायु र बाल विवाहको विरुद्धको संघर्षमा उनको समर्पणले समाजमा महत्वपूर्ण प्रभाव पारेको छ। राष्ट्रिय किशोरकिशोरी बाल नेटवर्क नेपालका अध्यक्षको रूपमा उनी बाल अधिकारको वकालतलाई अगाडि बढाउन प्रतिबद्ध छन्। 

गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपालको उत्कृष्ट ६ फाइनलिस्टहरूलाई उनीहरूको उपलब्धि, पहल, योगदान र कामको प्रभावको आधारमा अन्तिम चरणका लागि छानिएको थियो। फाइनलिस्टहरूले विभिन्न विषयमा आत्म–क्षमता कार्यशालाहरूमा भाग लिएका थिए र उनीहरूले विभिन्न उद्योगी, कर्पोरेट व्यक्तित्व, कूटनीतिज्ञ व्यक्तित्व र सरकारी व्यक्तित्वहरूसँग अन्तरक्रिया गर्ने अवसर पाए, जसले उनीहरूको ज्ञानलाई विस्तार गरेको बताइएको छ। 

यस वर्षको निर्णायक टोलीमा एस इन्स्टिच्युट अफ मेनेजमेन्टका डाइरेक्टर आशिष तिवारी, कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर चन्द्रिका कालिया, डब्लुडब्लुएफका कन्ट्री डाइरेक्टर डा. घनश्याम गुरुङ, नेपालका लागि युएन वुमनकी प्रतिनिधिप्याट्रिसिया फर्नान्डेज पाचेको, गोल्छा ग्रुप प्रा लिमिटेडकी डाइरेक्टर सीमा गोल्छा, तथा नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जो  रहेका थिए। 

ग्लोकल प्रालिले शीर्षक साझेदारको रूपमा गोल्छा ग्रुपसँग साझेदारी गरेको छ। त्यस्तै रणनीतिक साझेदारको रूपमा भारतीय दूतावास, युरोपेली संघस संघीय गणतन्त्र जर्मनीको दूतावास, युएन वुमेनस पार्ट्नरका  रुपमा  होन्डा, कोका कोला,  डब्ल्यूडब्ल्यूएफ नेपाल, टोयोटा, प्ँऋ पंचकन्या ग्रुप, नबिल बैंक, डिशहोम गो, एस इन्स्टिच्युट अफ मेनेजमेन्ट र रियल् जुस रहेका छन्। 

प्रारम्भ साझेदारको  रूपमा द सोल्टी काठमाडौं, इन्टरनेट साझेदारको रूपमा वर्ल्डलिंक, आतिथ्य पार्टनर कोजी होम, एयरलाइन्स पार्टनरको रूपमा यती एयरलाइन्स, पीआर साझेदारमा प्रिस्मा एडभरटाइजिङ,  आउटरिच पार्टनरको रूपमा नो नेक्स्ट क्वेश्चन, समर्थकमा ईसेवा, नेपाल टेलिकम, पिज्जा हट र आईएमएस ग्रुप रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad