कारोबार


प्रधानमन्त्री उद्धार कोषमा आईएमई ग्रुपको पाँच करोड सहयोग

प्रधानमन्त्री उद्धार कोषमा आईएमई ग्रुपको पाँच करोड सहयोग

नेपालखबर
असोज २०, २०८१ आइतबार १९:३८, काठमाडौँ

ग्लोबल आईएमई बैंक, आईएमई ग्रुप र आबद्ध कम्पनीका तर्फबाट पाँच करोड रुपैयाँ रकमको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि हस्तान्तरण भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई आईतवार सिंहदरबारमा ग्लोवल आइएमइ बैँक, आइएमइ ग्रुप र आवद्ध कम्पनीका तर्फबाट गु्रपका अध्यक्ष चन्द्रप्रसाद ढकालले सो चेक हस्तान्तरण गरेका हुन्।

उक्त रकम हालैको बाढी, पहिरो र विपदपछि सञ्चालित उद्धार कोषमा सहयोग भएको मध्ये सबैभन्दा बढी रकम हो।

चेक हस्तान्तरणपछि बोल्दै अध्यक्ष ढकालले आउने दिनमा अझ सहयोगलाई बढाउँदै जाने बताए। उनले आईएमई ग्रुप विपद्मा सरकारको साथमा रहेको बताए।

सो अवसरमा प्रधानमन्त्री ओलीले विपद्‌मा सबै मिलेर पीडितको सहयोग गर्नुपर्ने पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad