नेपाल एयरलाइन्सका ३ गन्तव्यको उडान तालिका परिवर्तन भएको छ।
शुक्रबारबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको कामले विमानस्थल बन्द हुँदा उडान तालिका फेरबदल भएको हो।
त्रिभुवन विमानस्थल राति १० देखि बिहान ८ बजेसम्म बन्द रहने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। यसअनुसार नेपाल एयरलाइन्स नारिता, दोहा र दुबईका उडानको तालिका परिवर्तन भएको छ।
काठमाडौं नारिताको उडान राति ११ः५० मा हुँदै आएकोमा अब ९ः१५ मा हुनेछ। नारिता काठमाडौं बिहान ४ः५० मा ल्यान्ड हुने गरेकोमा अब २ः५० मा हुनेछ।
काठमाडौं दोहाको राति ११ बजे उडान हुने गरेकोमा अब राति ९ः३० मा हुनेछ। दोहा काठमाडौंको बिहान १०ः२० मा ल्यान्ड हुनेमा अब ८ः५५ मा ल्यान्ड हुनेछ।
काठमाडौं-दुबई राति ११ः१५ मा उडान डान हुने गरेकोमा अब ९ः३५ मा हुने छ। दुबई काठमाडौं ९ः४० मा ल्यान्ड हुने गरेको ९ः४० मै अवतरण हुने नेपाल वायुसेवा निगमले जनाएको छ।
Shares

प्रतिक्रिया