कला


बूढानीलकण्ठमा राजेश हमालले गरे ‘दि कफी क्लब’ उद्घाटन

बूढानीलकण्ठमा राजेश हमालले गरे ‘दि कफी क्लब’ उद्घाटन

नेपालखबर
कात्तिक २२, २०८१ बिहिबार १४:२९, काठमाडौँ

चलचित्र क्षेत्रमा महानायकका रूपमा परिचय बनाएका राजेश हमालले बूढानीलकण्ठ-३ रुद्रेश्वर चोकमा स्थापना भएको ‘दि कफी क्लब’को आज उद्घाटन गरेका छन्। 

क्लबमा समय समयमा साहित्यिक कार्यक्रमका साथै दैनिकजसो स्थानीय बुद्धिजीवी, जनप्रतिनिधि, समाजसेवी, नागरिक समाजका अगुवालगायत स्थानीयसँग स्थानीय तथा राष्ट्रिय विषयमा अन्तरक्रिया गरिने क्लबका सञ्चालक केशव पाठकले जानकारी दिए। 

उनका अनुसार विभिन्न विषयसँग सम्बन्धित व्यक्तित्वसँग पोडकास्ट पनि सञ्चालन गरिनेछ। सो अवसरमा क्लबमा खोलिएको लघु पुस्तकालयका लागि पत्रकार तथा साहित्यकार श्याम रिमाल र धर्तीचन्द्र यात्रीले आआफ्ना पुस्तक अभिनेता हमालमार्फत सञ्चालक पाठकलाई हस्तान्तरण गरे। 

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, साहित्यकार, पत्रकारलगायत व्यक्तत्वको सहभागिता थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad