समाज


सेफ सन्तोष साह पक्राउ

सेफ सन्तोष साह पक्राउ

नेपालखबर
जेठ ३०, २०८३ शनिबार ८:५७, काठमाडौँ

सेफ सन्तोष साहलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयकाे टोलीले उनलाई जनकपुरबाट गएराति पक्राउ गरेको हो।

बैकिङ कसुर मुद्दामा उनलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी शरद थापाले जानकारी दिए। 

उनले शनिबार बिहान नेपालखबरसँग भने, ‘(काठमाडौँ जिल्ला) अदालतको आदेशले हामीले पक्राउ गरेका हौँ। उहाँले गौरीधारास्थित एक रेस्टुरेन्ट लिनुभएको छ, पैसा नतिरेकाले अदालतको आदेशअनुसार पक्राउ गरेका हौँ।’

शकुन्तला थापा अधिकारीको रेस्टुरेन्ट किनेबापत १ करोड ३० लाख रुपैयाँ  नदिएको अभियोग सेफ साहलाई लागेको छ।

उनलाई जनकपुरबाट काठमाडौँ ल्याइसकिएको एसपी थापाले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad