कारोबार


एनआईसी एसियाका ग्राहकलाई अकामा होटलमा २० प्रतिशत छुट

एनआईसी एसियाका ग्राहकलाई अकामा होटलमा २० प्रतिशत छुट

नेपालखबर
चैत २, २०७६ आइतबार ८:१९,

एनआईसी एसिया बैंक लिमिटेडका ग्राहक महानुभावहरूलाई काठमाडौं धुम्बाराहीस्थित अकामा होटलको सेवा शुल्कमा २० प्रतिशत छुट प्रदान गर्न बैंक र होटलबीच समझदारी भएको छ।

एक कार्यक्रमका बीच बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा होटलको तर्फबाट महाप्रबन्धक राजु श्रेष्ठले समझदारीपत्र आदानप्रदान गरेका हुन्।

समझदारी बमोजिम बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले होटलको सेवा प्रयोग गरे वापत रकम भुक्तानी गर्दा २० प्रतिशत छुट पाउने बैंकले जनाएको छ। बैंकका कर्मचारीहरूलाई पनि सो योजनाअनुसारको छुट उपलब्ध हुनेछ । समझदारीका शर्तहरू एक वर्षको लागि लागू हुनेछन्।

यसैगरी ग्राहकहरूले देशभरका २४ सयभन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad