समाज


धनुषामा विषाक्त रक्सी पिएका थप एकको मृत्यु, मृतकको संख्या १७ पुग्यो

धनुषामा विषाक्त रक्सी पिएका थप एकको मृत्यु, मृतकको संख्या १७ पुग्यो

शैलेन्द्र महतो
चैत २, २०७६ आइतबार ८:१६,

धनुषामा विषाक्त रक्सी पिएका कारण ज्यान जानेको संख्या १७ पुगेको छ।

आइतबार बिहान धनुषाको क्षीरेश्वरानाथ नगरपालिका–१, रमदैयामा मदिरा सेवनबाट थप एक जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा ४५ वर्षीय रामबहादुर यादवको रहेको स्थानीय उमेश यादवले जानकारी दिएका छन्। होलीको अवसरमा स्थानीय स्तरमा उत्पादित मदिरा पिएका उनी बिरामी थिए।

योसँगै रमदैया बस्तीमा घरेलु मदिरा सेवनका कारण बुधबार यता मर्नेको संख्या ९ पुगेको छ भने १५ दिन यता १३ जनाको मृत्युु भएको छ।

आइतबार बिहानै जनकपुरधाम उपमहानगरपालिका ७ मुसहरी टोलका २६ वर्षीय जितेन्द्र सदाको पनि मृत्यु भएको स्थानीय विक्की साहले जानकारी दिए।

यसअघि शुक्रबार र शनिबार गरी विषाक्त रक्सीकै कारण सोही बस्तीका ३ जनाको मृत्यु भइसकेको छ।

‘आज बिहान मृत्यु भएका जितेन्द्र हिजो समान्य बिरामी थिए। बिहानै अचानक सिकिस्त भएका त्यसको केही बेरमै मृत्यु भएको हो,’ साहले नेपालखबरसँग भने।

सदाको मृत्युपछि शुक्रबारदेखि यता मदिराका कारण ४ जनाले ज्यान गुमाइसकेका छन् भने १५ जनाभन्दा बढी बिरामी छन्। १५ दिनको अन्तरमा धनुषाको रमदैया र जनकपुरको मुसहरी टोलमा १७ जनाको मृत्यु भएको हो।

‘बिरामीहरु सबैलाई स्वास्थ्य जाँच र उपचारका लागि अस्पताल भर्ना गरिएको छ,’ स्थानीय विक्की साहले भने।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad