काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका-५ बाट टोले गुण्डागर्दी कसुरमा एक व्यक्ति पक्राउ परेका छन्।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-६ स्थायी घर भई कागेश्वरी मनोहरा-५ बस्ने ३७ वर्षीय श्याम लामा भन्ने श्यामबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनलाई बिहीबार नियन्त्रणमा लिएको हो। तामाङ यसअघि पनि विभिन्न मुद्दामा पक्राउ परेका व्यक्ति हुन्।
प्रहरीका अनुसार २०७० मा अपहरण तथा शरीर बन्धक मुद्दा, २०७५ मा अभद्र व्यवहार, २०७९ र २०८० मा अभद्र व्यवहारसम्बन्धी मुद्दामा पक्राउ परेका थिए।
हाल उनीमाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
84
Shares

प्रतिक्रिया