नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को आधिकारिक ‘ड्रिभन बाइ’ सह प्रायोजक रहेको ओमोडा एन्ड जेइको नेपालले ‘एनपिएल सिजन, डिल्स इन मोसन’ योजनाको घोषणा गरेको छ।
नेपाल प्रिमियर लिगको पहिलो संस्करणको उपलक्ष्यमा यो योजनाले ओमोडा एन्ड जेइकोको अत्याधुनिक गाडी खरिद गर्ने ग्राहकहरूको लागि उत्साहजनक छुट तथा अफरहरू ल्याएको छ।
यस योजना अन्तर्गत ओमोडा इफाइभ वा जेइको जेसिक्स बुकिङ गर्ने ग्राहकहरूले नगद छुट, एक्सचेन्ज बोनस, ७ किलोवाटको चार्जर, अटो प्लस कम्प्रिहेन्सिभ बीमा, र आर्थिक वर्ष २०८१र८२ का लागि निस्शुल्क सडक कर आदि सुविधाहरू प्राप्त गर्नेछन्।
ओमोडा इफाइभ, ४३० किलोमिटरको डब्लुएलटीपी रेन्ज भएको पूर्णविद्युतीय एसयूभी हो जुन अत्याधुनिक डिजाइन, प्रविधि, र सुविधाहरूको लागि उत्कृष्ट गाडीको रूपमा स्थापित छ।
त्यसैगरी जेइको जेसिक्स, ४०० किलोमिटरको डब्लुएलटीपी रेन्ज भएको पूर्णविद्युतीय ‘फोर बाइ फोर’ अफ रोडर एसयूभी हो जुन आकर्षक डिजाइन, र कम्प्याक्ट अल आल्मुनियम बडिको लागि परिचित छ।
कम्पनीका अनुसार यस योजना अवधिभर, ग्राहकहरूले यी मोडलका गाडीहरू उत्कृष्ट मूल्य तथा सहज फाइनान्सिङ सुविधासहित खरिद गर्न सक्नेछन्। पुष ६ गतेसम्म मान्य हुने यस योजनाका सुविधाहरूमा केही नियम तथा सर्तहरू पनि लागू हुनेछन्।
एनपीएलमा अझ ऊर्जा थप्नको लागि एसपीजी अटोमोबाइल्सको अभिभावक कम्पनी, शारडा ग्रुपले, एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली क्रिकेटरलाई ओमोडा इफाइभको डिलक्स भेरियन्टसहित पुरस्कृत गर्ने घोषणा गरेको छ। ओमोडा इफाइभ डिलक्सको बजार मूल्य ५५.९९ लाख रहेको छ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिगको ‘ड्रिभन बाइ’ सह प्रायोजकका रूपमा, ओमोडा एन्ड जेइको, हरेक खेलमा नेपाली क्रिकेट, खेलाडी र दर्शकको समर्थन गर्दै सक्रीय उपस्थिती जनाइरहेको छ।
Shares

प्रतिक्रिया