नेपाल विद्युत् प्राधिकरणले बक्यौता नतिर्ने उद्योगहरुको बिजुली धमाधम काट्न थालेको छ। बुधबारमात्रै पूर्वका दुई उद्योगको लाइन काटिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणको इटहरी वितरण केन्द्रले रिलायन्स स्पिनिङ मिल र विराटनगर वितरण केन्द्रले रघुपति जुट मिलको बिजुली काटेको हो।
रिलायन्सले थप दस्तुरसहित १ अर्ब ५० करोड ९ लाख ३४ हजार ८ सय ६७ रुपैयाँ ६७ पैसा नतिरेकोले बिजुली काट्नुपरेको इटहरी वितरण केन्द्रका प्रमुख मिथलेश गोहीबारले नेपालखबरलाई जानकारी दिए।
उक्त रकम ०७२ भदौदेखि बक्यौता रहँदै आएको उनको भनाइ छ। त्यस्तै विराटनगर वितरण केन्द्रका प्रमुख राजीव सिंहले १५ करोड ५५ लाख ६८ हजार बक्यौता नतिर्ने रघुपति जुट मिलको बिजुली काटेको जानकारी दिए।

प्रतिक्रिया