समाज


कोरोनाविरुद्ध लड्न यस्तो छ, सेनाको तयारी

कोरोनाविरुद्ध लड्न यस्तो छ, सेनाको तयारी

नेपालखबर
चैत ५, २०७६ बुधबार ९:२६,

नेपाली सेनाले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आफ्नो आन्तरिक तयारी तिव्र पारेको छ।

सेनाले आन्तरिक तयारी स्वरुप सैनिक मुख्यालयमा अस्थायी टेन्ट निर्माण गरी आफ्ना चिकित्सकहरुलाई तामिल दिएको छ। उपत्यका बाहिरका नेपाली सेनाका अस्पतालहरुमा कार्यरत चिकित्सकहरुलाई तालिम दिएको हो।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार पोखरा, इटहरी र नेपालगञ्ज अस्पतालबाट चिकित्सकसहित ६ जना, फिल्ड एम्बुलेन्सका २-२ जना गरी ३६ जना र ओपिडी हेर्ने १० जना चिकित्सकहरुलाई तालिम दिइएको हो। सेनाले १८१ जनालाई तालिम दिएको छ, जसमा ५२ जना मेडिकल टिम र अन्य प्राविधिक टिम छन्।

सेनाले मुख्यालयमा ५४ वटा अस्थायी टेन्ट निर्माण गरेको छ। ९ वटा कलस्टरमा छुट्याएर प्रत्येक कलस्टरमा ६ वटा टेन्ट रहने र एउटा टेन्ट २ वटा बेड हुनेगरी टेण्टहरु निर्माण गरेको हो। प्रवक्ता पाण्डेले वीरेन्द्र अस्पतालमा १० तथा पोखरा, इटहरी र नेपालगञ्ज सैनिक अस्पतालमा २–२ वटा आइसोलेसन कक्षहरु स्थापना गरिएको बताए।

फिल्ड एम्बुलेन्स १८ वटा स्थापना भएको र अबको २ दिनमा सेनाका प्रत्येक अस्पतालमा गरी ५२ वटा आइसोलेन बेडहरु हुने उनले बताए।

कोरोना संक्रमितको उपचार विधिबारे जानकारी दिन तालिमको आयोजना गरेको हो। विश्वभरी नै कोरोना संक्रमणले महामारीको रुप लिएको छ। विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिमको क्षेत्रमा राखेको छ। 

याे पनि: कोरोनाविरुद्ध आपतकालीन अभ्यास गर्दै सेना, संक्रमितलाई राख्न ५२ शय्या तयार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad