राजनीति


मन्त्री नै अनुपस्थित भएपछि राज्य व्यवस्था समितिको बैठक स्थगित

मन्त्री नै अनुपस्थित भएपछि राज्य व्यवस्था समितिको बैठक स्थगित

नेपालखबर
चैत ५, २०७६ बुधबार ९:२६,

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीको अनुपस्थितिका कारण राज्य व्यवस्था समितिको बैठक स्थगित भएको छ।

लामो समयदेखि राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलका क्रममा रहेको संघीय निजामति सेवा ऐनसम्बन्धी विधेयकका विषयमा छलफल गर्ने कार्यसूची रहे पनि मन्त्रीको अनुपस्थिति भएपछि बैठक स्थगित भएको हो।

सांसद त्रिपाठी बिरामी भएका कारण बैठकमा सहभागी हुन नसकेको जानकारी बैठकमा गराइएको थियो।

विधेयक समितिबाट संभवतः बुधबार (आज) पारित गर्ने तयारी थियो। बैठकमा समिति सदस्यहरुको समेत बाक्लो उपस्थिति थियो। यसअघि चैत २ गते बसेको बैठकमा सांसदहरुबीच सहमति जुटे पनि मन्त्री त्रिपाठीले राजनीतिक सहमति जुटाउनुपर्ने आवश्यकता रहेको भन्दै समय माग गरेका थिए। उक्त बैठकमा मन्त्रीले पटक पटक समय माग गरेको भन्दै सांसदहरुले आक्रोश पोखेका थिए।

प्रदेशको मुख्य सचिव र स्थानीय प्रमुख प्रशासकीय अधिकृत केन्द्रले खटाउने कि प्रदेशले खटाउने भन्ने विषयमा विवाद हुँदै आएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad