कारोबार


ईसेवा मनी ट्रान्सफरद्वारा काभ्रेको इन्द्रेश्वर माविका विद्यार्थीलाई जुत्ता हस्तान्तरण

ईसेवा मनी ट्रान्सफरद्वारा काभ्रेको इन्द्रेश्वर माविका विद्यार्थीलाई जुत्ता हस्तान्तरण

नेपालखबर
पुस २५, २०८१ बिहिबार २१:३९, काठमाडौँ

ईसेवा मनी ट्रान्सफरले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ मा रहेको श्री इन्द्रेश्वर माध्यमिक विद्यालयलाई सहयोग प्रदान गरेको छ।

एक विशेष कार्यक्रममा ईसेवा मनी ट्रान्सफरका प्रतिनिधिहरूले विद्यालयका प्रमुख कमल केसीलाई जुत्ता र मोजा हस्तान्तरण गरेका थिए।

कार्यक्रमको उद्देश्य विद्यार्थीहरूलाई शैक्षिक यात्रामा थप सहजता प्रदान गर्दै उनीहरूको विद्यालय जीवनलाई थप प्रभावकारी बनाउने रहेको कम्पनीको भनाई छ।

यसअन्तर्गत विद्यालयमा अध्ययनरत १२६ विद्यार्थीहरूले जुत्ता र मोजा प्राप्त गरे। जसले आर्थिक रूपमा कमजोर पृष्ठभूमिका विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा लाभ पुगेको छ।

सन् २००८ मा स्थापना भएको श्री इन्द्रेश्वर माध्यमिक विद्यालयमा नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थीहरू अध्ययनरत छन्।

विद्यालयका प्रमुख तथा पदाधिकारीहरूले ईसेवा मनी ट्रान्सफरप्रति आभार व्यक्त गर्दै, यो सहयोगले विद्यार्थीहरूको मनोबल उच्च बनाउनुका साथै उनीहरूको शैक्षिक अनुभवमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे।

ईसेवा मनी ट्रान्सफरले यो कार्यक्रममार्फत आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै स्थानीय समुदायप्रति आफ्नो प्रतिबद्धता प्रकट गरेको छ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ईसेवा मनी ट्रान्सफरले परम्परागत हरूसँगै डिजिटल माध्यमबाट पनि विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ।

इसेवा वालेट, बैंक तथा वित्तीय संस्थाहरू, र आफ्ना भुक्तानी केन्द्रहरूको माध्यमबाट सेवा दिने यो कम्पनी एफवान सफ्ट ग्रुपअन्तर्गतको भगिनी संस्था हो, जसले नेपालभर फिनटेकमा आधारित भुक्तानी प्रणालीलाई प्रवर्द्धन र सशक्त बनाउँदै आएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad