गण्डकी


८८ लाख धरौटी बुझाएका छविलाल डीपीको जिम्मामा, रविलाई निकिताको जिम्मा

८८ लाख धरौटी बुझाएका छविलाल डीपीको जिम्मामा, रविलाई निकिताको जिम्मा

नेपालखबर
पुस २५, २०८१ बिहिबार २१:४२, पोखरा (कास्की)

कास्की जिल्ला अदालतमा ८८ लाख धरौटी तिरेर रिहा भएका पूर्वडीआईजी छविलाल जोशीलाई कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक अध्यक्ष डीपी अर्यालको जिम्मा लगाएको छ।

६५ लाख धरौटी बुझाएका रास्वपा सभापति रवि लामिछानेलाई उनकी श्रीमती निकिता पौडेल र डीपी अर्यालले नै जिम्मा लिएका थिए।

रामबहादुर खनाललाई चाहिँ उनकी बहिनी देविका विष्टको जिम्मामा छाडिएको छ। खनाल १५ लाख धरौटी तिरेर रिहा भएका हुन्।

३७ लाख धरौटी माग गरिएकी लीला पछाईंले भने धरौटी बुझाएकी छैनन्। त्यसैले उनलाई कारागार चलान गरिएको छ।

कास्कीकै रामबहादुर गुरुङ र उनकी छोरी मीना गुरुङ पनि धरौटी बुझाएर छुटेका छन्। आरती गुरुङ पनि बिहीबार नै धरौटीमा रिहा भएकी छन्।

सूर्यदर्शन सहकारीको रकम संगठित तवरले ठगी गरेको अभियोग लागेका सात जना अभियुक्तलाई न्यायाधीश नितिज राईको इजलासले बिहीबार आदेश गरेको थियो। 

रवि, छविलगायतका अभियुक्तउपर अन्य जिल्लामा पनि अनुसन्धान चलिरहेको र काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा अदालतमै मुद्दा चलिसकेको कारण उनीहरूलाई आफै हाजिर हुने सर्तमा प्रहरीले छाडेको हो।

अब रवि र छवि काठमाडौँ जिल्ला अदालतमा हाजिर हुनुपर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad