पोखरामा निसान, ओमोडा एन्ड जेइको, जिकर, लिपमोटर र सिट्रोन लगायतका विभिन्न ब्रान्डका सवारी साधन बिक्री–वितरण गरिरहेको बराल ग्रुपले तीन दिने ‘पोखरा एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल’ आयोजना गर्ने भएको।
सो बृहत अटोमोबाइल प्रदर्शनी ५ देखि ७ माघसम्म पोखरा इभेन्ट सेन्टर, बुलौदी, लेकसाइडमा आयोजना हुनेछ।
बराल ग्रुप अन्तर्गतको ‘एलिट मोटर्स प्रालि’ ले पोखरामा निसान, ओमोडा एन्ड जेइको र जिकर तथा ‘एसएसएल मोटर्स कम्पनी’ ले लिपमोटर र सिट्रोन ब्रान्डका सवारी साधन बिक्री–वितरण गरिरहेको छ। यी सबै ब्रान्डको नेपालका लागि आधिकारिक वितरकको रुपमा शारडा ग्रुप र गोल्छा ग्रुप अन्तर्गतका विभिन्न कम्पनी रहेका छन्।
सो तीन दिने कार्यक्रममा सहभागीहरूले विभिन्न सवारीसाधनहरूको अवलोकन र टेस्ट ड्राइभ गर्न सक्नेछन्। यसका साथै आकर्षक छुट तथा डिस्काउन्टको अवसर समेत प्राप्त गर्नेछन्। एलिट मोटर्स र एसएसएल मोटर्स बराल ग्रुप अन्तर्गतका कम्पनी हुन्।
नेपाली अटोमोबाइल बजारका प्रख्यात र अग्रणी नामहरू शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनको सहकार्यमा सो कार्निभल आयोजना हुने भएको हो। शारडा ग्रुपले ओमोडा, जेइको, जिकर (ईभी सेग्मेन्ट) र निसान म्याग्नाइट (पेट्रोल संस्करण) का पछिल्ला मोडलहरू प्रदर्शन गर्नेछ भने गोल्छा अर्गनाइजेसनले लिपमोटर र सिट्रोन ई–सी३ जस्ता अत्याधुनिक विद्युतीय सवारी साधनहरू प्रदर्शन गर्नेछ।
कम्पनीका अनुसार सहभागीहरूले यी सवारी साधनहरूको टेस्ट ड्राइभ गर्ने, आफ्नो पुरानो तथा हालको गाडी एक्सचेन्ज गर्दा आकर्षक एक्सचेन्ज बोनसको फाइदा उठाउने र प्रतिस्पर्धात्मक बैंक ब्याजदरमा ८० प्रतिशत सम्मको फाइनान्सिङ सहित ठाउँको ठाउँ वित्तीय सहजीकरण सुविधा प्राप्त गर्न सक्ने व्यवस्था रहेको छ।
साथै सो कार्निभलले सहभागीहरूलाई प्रख्यात गाडीका ब्रान्डहरूको नवीनतम मोडलहरूको उत्साहजनक टेस्ट ड्राइभका साथै बजारको उत्कृष्ट प्रतिस्पर्धात्मक एक्सचेन्ज अफरहरूको लाभ लिन एक महत्वपूर्ण अवसर प्रदान गर्नेछ।
विभिन्न आधुनिक गाडीहरूको प्रदर्शन र टेस्ट ड्राइभबाहेक कार्निभलले अन्य आकर्षक र लाभदायी विशेषताहरू पनि प्रदान गर्नेछ । सहभागीहरूले कार्निभल अवधिभर विशेष छुट, अफर तथा बजारमै प्रतिस्पर्धात्मक डिलको लाभ लिन सक्नेछन्।
हरेक गाडीको खरिदमा निःशुल्क एसेसरिजको सुविधा र कम्प्लिमेन्टरी ‘अटो प्लस इन्सुरेन्स’ पनि समावेश रहेको छ। साथै, विद्युतीय सवारी साधन खरिद गर्नेहरूलाई घरमा नै सहज चार्जिङका लागि निःशुल्क ७ किलोवाटको वाल चार्जर प्रदान गरिनेछ।
पोखरा एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभलको अवसरमा कम्पनीले नयाँ गाडी खरिद गर्न चाहने, गाडी तथा ईभी पारखीहरूलाई कार्निभलमा भव्य सहभागिताको लागि हार्दिक आमन्त्रण गरेको छ।
Shares

प्रतिक्रिया