कारोबार


सेयरबजारमा ८ अर्ब ९१ करोडको किनबेच, यी कम्पनीको धेरै कारोबार

सेयरबजारमा ८ अर्ब ९१ करोडको किनबेच, यी कम्पनीको धेरै कारोबार

नेपालखबर
माघ २२, २०८१ मंगलबार १५:१५, काठमाडौँ

सेयरबजारमा आज ८ अर्ब ९१ करोड ९६ लाखको सेयर खरिदबिक्री भएको छ। कुल १ करोड ६९ लाख कित्ता बढी बिक्रीमा यो परिमाणको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

आज एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ३० करोडको कारोबार भयो। यसबाहेक नेपाल पुनर्बीमा कम्पनीको २६ करोड, हिमालय ऊर्जा विकासको २५ करोड, हिमालयन रिइन्स्योरेन्स २१ र पिपुल्स हाइड्रोपावरको १९ करोडको कारोबार भएको हो। 

नेप्सेका अनुसार आज जलविद्युत् र अन्य समूहका कम्पनीको सेयर मात्र हरियो छन्। बाँकी सबै उपसूचक राताम्य रहेपछि ७१ वटा कम्पनीको सेयरमूल्य मात्र बढ्यो। १६२ वटाको घट्दा ९ वटा अघिल्लो दिनको मूल्यमै कारोबार भए। 

मंगलबार अधिकांश उपसूचक ऋणात्मक रहे। दिनभरको कारोबारमा १४.०८ अंकले घटी २७१५.९१ विन्दुमा सेयर परिसूचक रोकिएको छ। 

तेस्रो कारोबार दिन बजारमा जोशी हाइड्रोपावर सर्वाधिक ९.९८ प्रतिशतले बढ्दा सामुदायिक लघुवित्त ८.३० प्रतिशत, मध्यभोटेकोशी ८.२५, ङादी ८.१९ प्रतिशत र उपकार लघुवित्त ८.१२ प्रतिशतले बढेको छ। 

कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको सेयरमा नकारात्मक सर्किट लागेको छ। यसबाहेक सप्तकोशी डेभलपमेन्ट बैंक ९.९९ प्रतिशत र धौलागिरि लघुवित्त ४.७७ प्रतिशतले घटेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad