कारोबार


धार्मिक आस्थालाई क्षति नपुर्‍याई पाथीभरामा केबलकार बनाइन्छ : चन्द्र ढकाल

धार्मिक आस्थालाई क्षति नपुर्‍याई पाथीभरामा केबलकार बनाइन्छ : चन्द्र ढकाल

नेपालखबर
माघ २६, २०८१ शनिबार १५:१७, काठमाडौँ

आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले धार्मिक आस्थालाई क्षति नपुर्‍याई पाथीभरामा केबलकार बनाउन लागिएको बताएका छन्।  

पाथीभरामा पाँचतारे होटल निर्माण गर्ने भन्ने हल्ला रहेको बताउँदै यातायातकाो साधनका रूपमा केबलकार निर्माण गर्न लागिएको बताएका हुन्। 

काठमाडौँमा पत्रकार सम्मेलन गर्दै ढकालले केबलकार मन्दिर छेउँमै पुर्‍याउने नभई ७०० मिटर टाढा टप स्टेसन रहेको बताए। टप स्टेसनमा अक्सिजनसहितको आधारभूत स्वास्थ्य संस्थाबाहेक अरू पूर्वधार नहुने बताए। 

कतिपयले मन्दिरको भेटीमा चन्द्र ढकालले आँखा लगाएको भन्ने भ्रम फैलाइएको भन्दै आपत्ति जनाए। अहिले काम गरिरहेका श्रमिकलाई रोजगारी ग्यारेन्टी गर्ने उनको प्रतिबद्धता छ।  

केबलकार निर्माणको कुल लागत करिब ३ अर्ब रूपैयाँ रहेको उनले बताए। हालसम्म पूर्वतयारीका काम सकिएको र ३ वर्षअघि अर्को व्यावसायिक घरनाले राखेको प्रस्तावमा सहमत भएर अधिकांश सेयर खरिद गरेको उनले बताए बताए। 

सार्वजनिक सुनुवाइमा ३०० जना उपस्थित भएकोमा ३ जनाले मात्रै विरोध गरेको उनको दाबी छ। अधिकांश स्थानीय केबलकार बन्नु पर्छ भन्ने पक्षमा रहेको उनले बताए। अहिले विरोध गर्नेहरू जिल्ला बाहिर र नेपाल बाहिर बसेकाहरू रहेको उनको भनाइ छ।

मौलाकाली केबलकार निर्माण भए पनि हिडेर जान सकिने बाटोहरू कायमै रहेकोले पाथीभरामा पनि त्यही गरिने ढकालले बताए।  

ढकालले चन्द्रागिरीमा केबलकार बन्नु अघि सानो मन्दिर रहेकोमा अहिले राम्रो मन्दिरसहित सञ्चालनमा आएको बताए। उनले चन्द्रागिरीमा वैशाख पूर्णिमा र फागु पूर्णिमामा मात्र पुग्ने पर्यटक अहिले दैनिक जान थालेको स्मरण गरे।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad