ग्लोबल


दिल्ली चुनावमा हार स्वीकार्दै केजरीवालले दिए भाजपालाई बधाई

दिल्ली चुनावमा हार स्वीकार्दै केजरीवालले दिए भाजपालाई बधाई

नेपालखबर
माघ २६, २०८१ शनिबार १५:३२, काठमाडौँ

दिल्ली चुनावमा पराजय स्वीकार गर्दै अरविन्द केजरीवालले भारजीय जनता पार्टीलाई बधाई दिएका छन्।  उनले अब आफ्नो पार्टीले प्रतिपक्षी भूमिका भने सशक्त रुपमा निभाउने र दिल्लीका जनताको सेवा जारी राख्ने बताए। उनले चुनावमा पराजय भएसँगै भिडिओ सन्देश जारी गर्दै भाजपालाई बधाई दिएका हुन्। 

आम आदमी पार्टी (आप) का प्रमुख रहेका केजरीवालले दिल्ली विधानसभा चुनावमा पराजय स्वीकार्दै भने, 'हामी जनताको जनादेशलाई साथ स्वीकार गर्छौं। म यो जितको लागि बीजेपीलाई बधाई दिन्छु र मलाई आशा छ कि उनीहरूले जनतासँग गरेका सबै बाचा पूरा गर्नेछन्।' 

उनले १० वर्षमा दिल्लीको स्वास्थ्य शिक्षा र पूर्वाधारमा आफ्नो दलले राम्रो काम गरेको बताए। 'हामीले १० वर्षमा स्वास्थ्य, शिक्षा, पूर्वाधारको क्षेत्रमा धेरै काम गरेका छौं, हामी रचनात्मक प्रतिपक्षको भूमिका मात्रै नभई जनताको बीचमा रहेर सेवा गरिरहने छौं,’ उनले भने ।

बीजेपीले १२ सिट जितेको छ र ३८ सिटमा अगाडि छ। आम आदमी पार्टीले १० सिट जितेको छ भने अर्को १० सिटमा अगाडि छ। कांग्रेसले फेरि खाता खोल्न असफल भएको देखिन्छ।

नयाँ दिल्ली निर्वाचन क्षेत्रबाट अरविन्द केजरीवाल चुनाव हारे। भाजपाका परवेश वर्माले आम आदमी पार्टीका प्रमुख केजरीवाललाई ४ हजार ८९ मतले पराजित गरेका छन्।

वर्माले ३००८८ मत पाए भने दिल्लीका पूर्वमुख्यमन्त्रीले २५९९९ मत पाए। कांग्रेस उम्मेदवार सन्दीप दीक्षितले ४५६८ मत प्राप्त गरे।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad