नेपाल लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म ४६ करोड बढीको खुद नाफा गरेको छ।
अपरिष्कृत वित्तीय विवरणअनुसार इन्स्योरेन्सले पुस मसान्तसम्म कुल ४६ करोड ८१ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको हो।
गत आर्थिक वर्षको पुस मसान्तमा ४२ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकमा खुद नाफा बढाएको हो।
कम्पनीले चालू आवको दोस्रो त्रैमासिकमा आइपुग्दा बिमा प्रिमियम शुल्कहरु बढाउँदा खुद नाफामा सकारात्मक प्रभाव देखिएको हो।
पुस मसान्तसम्म कम्पनीले बिमा प्रिमियममार्फत १ अर्ब ५५ करोड ३१ लाख रुपैयाँ संकलन गर्दा नवीकरणमार्फत १८ अर्ब ३२ करोड २२ लाख रुपैयाँ संकलन गरेको छ।
गत आवमा यस्तो शुल्क संकलन क्रमश: १ अर्ब ८ करोड ७४ लाख र १६ अर्ब ८३ करोड ९६ लाख रुपैयाँ थियो।
Shares

प्रतिक्रिया