एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टसहित ११ जना सेयरधनीले एकै पटक नेरुडे मिर्मिरे लघुवित्तबाट बाहिरिने भएका छन्।
११ वटा संस्थापक सेयरधनीले ३ लाख ६१ हजार २ सय १६ कित्ता सेयर बेचेर कम्पनीबाट बाहिरिने भएका हुन्।
कम्पनीले एनआरएन इन्फ्राको ७४ हजार १०६ कित्ता, कोपिला राईको १ लाख कित्ता, सञ्जय कुमार श्रेष्ठको ६० हजार कित्ता सेयर बिक्रीमा राखिएको हो।
योबाहेक संगीता खेतानको ४ हजार ५०८ कित्ता, गुप्तालाल मण्डल राजवंशीको २५ हजार, राम प्रसाद दाहालको ९ हजार ९ सय, ओमकार कृष्ण बजिमय १ हजार ७२ कित्ता, शिशिर आचार्यको १ हजार ६३० कित्ता, सरोज फुयाल ३० हजार, गणेश प्रसाद आचार्यको २५ हजार र जुनु शर्माको नाममा रहेको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो।
उल्लिखित सेयर पहिलोपटक कम्पनीले संस्थापक सेयरधनीहरूमा नै बिक्रीमा राखेको छ। ३५ दिनभित्र आवेदन माग गर्दै कम्पनीले बिक्रीमा राखेको हो। उक्त सेयर संस्थापक सेयरधनीले नकिनेको खण्डमा भने सर्वसाधारण तथा संस्थागत लगानीकर्ताको लागि खरिदमा राख्नेछ।
Shares

प्रतिक्रिया