राष्ट्र बैंकले बिग मर्जरलाई तयार रहन निर्देशन दिएलगत्तै दुई वाणिज्य बैंकहरु ग्लोबल आईएमई र जनता बैंकले शुक्रबार गाभिने सहमति गरेका छन्। शांग्रिला होटलमा आयोजित एक कार्यक्रममा दुई बैंकका अध्यक्षले हस्ताक्षर गरेका हुन्।
सम्झौतापत्रमा जनता बैंकका अध्यक्ष केशव रायमाझी र ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र ढकालले हस्ताक्षर गरेका छन्। दुई बैंकबीचको सहमतिअनुसार ग्लोबल आईएमईका कार्यवाहक सीईओ महेश ढकाललाई डेपुटी सीईओ हुनेछन् भने मर्ज भएको बैंकको सीईओ भने हालका जनताका सीईओ पर्शुराम कुँवर रहने बताइएको छ।
त्यस्तै बैंकको अध्यक्षमा भने चन्द्र ढकाल नै रहने र सञ्चालक समिति आपसी सहमतिअनुसार गठन गरिनेछ। हाल ग्लोबलको चुक्ता पुँजी १० अर्ब ३१ करोड र जनताको ८ अर्ब ८ अर्ब ७ करोड रहेको छ।
सरकारले बजेटमा नै बिग मर्जरलाइ प्राेत्साहन गर्ने उल्लेख गरेकाे अवस्थामा राष्ट्र बैंकले २७ गतेभित्रै जाेडी खाेजेर मर्जरकाे प्रतिबद्धता पेस गर्न बैंकका अध्यक्ष तथा सीईओलाइ बैठक गरेरै निर्देशन दिएकाे थियाे।

प्रतिक्रिया