यसअघिका सबै रेकर्ड ब्रेक गर्दै सुनको मूल्य आज अहिलेसम्मकै महँगो बनेको छ।
मंगलबार प्रतितोला ११ सय रुपैयाँ बढेर सुनको मूल्य प्रतितोला एक लाख ७५ हजार दुईसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो मूल्य अहिलेसम्मकै सबैभन्दा उच्च हो।
हिजो सुनको मूल्य प्रतितोला एक लाख ७४ हजार एक सय रुपैयाँ थियो।
गएको शुक्रबार प्रतितोला १ लाख ७४ हजार ५०० रुपैयाँ पुगेको सुनको मूल्य आइतबार घटेको थियो। सोमबार स्थिर रहेको सुनको मूल्य आज फेरि बढेको हो।
महासंघका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ। प्रतितोला १० रुपैयाँ बढेर आज चाँदीको मूल्य २ हजार ५० रुपैयाँ पुगेको हो।
गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो। त्यतिबेला सरकारले भन्सारदर घटाएपछि व्यापक घटेको सुनचाँदीको भाउ फेरि उच्च बनेको हो।
Shares

प्रतिक्रिया