कर्जा नतिर्ने ऋणीहरुको ऋण असुल गर्न बैंकहरुले धितोबापतको सम्पत्ति धमाधम बिक्री गर्न थालेका छन्।
शुक्रबार मात्रै हिमालयन बैंकले कर्जा असुल गर्न नसकेपछि ऋणीको धितो सकार गरेर उक्त धितो गैरबैंकिङ सम्पत्तिको रुपमा कायम गर्दै लिलामीमा राखेको हो।
बैंकले शुक्रबार पोखरा र इटहरीका जग्गा लिलामीमा राखेको छ। मालपोत कार्यालय कास्कीमा दर्ता रहेको पोखरा उपमहनगरपालिकामा रहेको २५५ वर्गमिटर र इटहरी नगरपालिकाको ०–०–७.२५–० बिघा जग्गा लिलामीमा राखेको हो।
कसरी किन्ने?
बैंकले लिलामीमा राख्ने जग्गा खरिदका लागि बैंकले उल्लेख गरेको शर्त पढ्नुपर्छ। जस्तो हिमालन बैंकले खरिदकर्ताले बैंकको शाखा कार्यालयबाट लिलामीमा सहभागी हुन खरिद फारम भर्नुपर्ने हुन्छ।
त्यसपछि आफूले खरिद गर्न चाहेको जग्गा र सोको मूल्य राखी आफूले कबोल गर्न चाहेको अंकको १० प्रतिशतले हुने रकम बैंकले चोकेको खातामा नगदै जम्मा गरी सो बैंकको नाममका खिचिएको गुड फर पमेन्ट चेकको सक्कल प्रति सिलबन्दी गरेर बोलपत्र (फारम)मा समावेश गरेर पेस गनुपर्नेछ।
बैंकले रीत पुर्याई आएका त्यस्ता बोलपत्रहरुबाटै लिलामी प्रक्रिया अगाडि बढाउनेछ। यो बीचमा बैंकले स्वनिर्णय गरेर बोलपत्र रद्द समेत गर्न सक्नेछ। लिलामीमा राखिएको सम्पत्तिलाई फिर्ता गर्न वा ऋणी ऋण तिर्न आएको खण्डमा बैंकले यस्तो बोलपत्र रद्द गरी ऋण असुली गरेर धितो फिर्ता गर्न सक्छ।
अन्यथा बोलपत्रमा सहभागीहरुमध्ये अधिकतम मूल्य राख्नेहरुलाई सम्पत्ति बिक्री गर्छ। तर यो बीचमा बोलपत्रमा सहभागी भएकाहरुले आफूले जम्मा गरेको १० प्रतिशत रकम भने बोलकबोल पूरा नभएसम्म पाउनेछैनन्। बोलकबोल सकिएसँगै बैंकले उक्त रकम खरिद नगरेका व्यक्तिहरुलाई स्वतः फिर्ता गरिदिनेछ।
Shares

प्रतिक्रिया