कारोबार


काठमाडौँ र ललितपुरका यी स्थानमा आज हुँदै छ विद्युत् अवरुद्ध

काठमाडौँ र ललितपुरका यी स्थानमा आज हुँदै छ विद्युत् अवरुद्ध

नेपालखबर
चैत ९, २०८१ शनिबार ७:२७, काठमाडौँ

आज (शनिबार) काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा विद्युत् अवरुद्ध हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरणले जारी गरेको सूचनाअनुसार काठमाडौँको  जोरपाटी वितरण केन्द्र, बानेश्वर वितरण केन्द्र र ललितपुरको पुल्चोक वितरण केन्द्रका विभिन्न फिडरअन्तर्गतका स्थानमा बिजुली जाने  भएको हो।

जोरपाटी वितरण केन्द्रको मूलपानी फिडरअन्तर्गत पर्ने मूलपानी-साझाबारी आसपासका स्थानमा बिहान १० देखि दिउँसो ३ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ। त्यहाँ एचटी लाइन स्थानान्तरण गर्नुपर्ने भएकाले फिडर सटडाउन गरिने भएको हो। 

यस्तै बानेश्वर वितरण केन्द्रको इमाडोल फिडरअन्तर्गत पर्ने कोटेश्वर-सहयोगीनगर क्षेत्रमा अहिल बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ। प्राधिकरणका अनुसार ती क्षेत्रमा एसीएसआर अपग्रेडिङका लागि फिडर सटडाउन गर्नुपर्ने भएको हो।

त्यस्तै ललितपुरमा पुल्चोक वितरण केन्द्रको कुपनडोल फिडर मध्याह्न १२ बजेदेखि दिउँसो साढे २ बजेसम्म बिजुली काटिने प्राधिकरणले जानकारी दिएको छ।

ती फिडरअन्तर्गत इटी, महापाल, पाटन दरबार, बंलामुखी, शंखमूल, पाटनढोका, मंगलबजार, छबाल क्षेत्रमा विद्युत अवरुद्ध हुनेछ।

काम निर्धारित समयअघि नै सकिए सो समयभन्दा अगाडि नै विद्यूत् प्रवाह हुन सक्ने पनि प्राधिकरणले जनाएको छ।

हेर्नुहोस् विद्युत् अवरुद्ध हुने तालिका-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad