कारोबार


पोखराबाट ५८ जना विदेशी पर्यटकको उद्धार

पोखराबाट ५८ जना विदेशी पर्यटकको उद्धार

वाशुदेव मिश्र
चैत १४, २०७६ शुक्रबार १२:१२,

अन्नपूर्ण पदयात्रा मार्ग तथा पोखरामा रहेका विभिन्न देशका ५८ जना पर्यटकहरुलाई पोखराबाट उद्धार गरिएको छ।

युरोपियन युनियनको पहलमा उनीहरुलाई यति एयरलायन्सको चार्टर्ड विमानमार्फत काठमाडौं लगिएको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिए।

यसअघि बिहीबार पनि ५९ जना विभिन्न देशका नागरिकलाई बुद्ध एयरको चार्टर्ड विमानमार्फत पोखराबाट उद्धार गरिएको थियो।

ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) पश्चिमाञ्चलका वरिष्ठ उपाध्यक्ष सुशील पौडेलका अनुसार घान्द्रुकदेखि घोडेपानीसम्म रहेका विदेशी पर्यटकहरु अहिले धमाधम पोखरा आइरहेका छन् ।

बिभिन्न ठाउहरुबाट पिक अप गरि पोखरा ल्याईदै गरिएका पर्यटकहरुलाई पहिले पोखराको जिरोकिलो मिटरमा रहेको सामुदायीक अस्पतालमा सामान्य स्वास्थ्य परिक्षण पश्चात होटलहरुमा पु-याउने व्यवस्था मिलाइएको छ।

उनीहरुलाई अर्को लिन जहाज नआएसम्म होटलमा नै राखिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad